+
+

अल बिदा सुवास नेम्वाङ

विकास श्रेष्ठ/आर्यन धिमाल विकास श्रेष्ठ/आर्यन धिमाल
२०८० भदौ २८ गते १५:४१

२८ भदौ, काठमाडौं ।  संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

सोमबार मध्यराति घरकै शौचालयमा बेहोस भेटिएका नेम्वाङलाई लगत्तै शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । जहाँ उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

नेम्वाङको शवयात्रा र अन्त्येष्टिका तस्वीर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?