+
+

विपतपुरका मुक्तकमैयाले पक्की घर पाए

रासस रासस
२०८० भदौ २८ गते १९:३७

२८ भदौ, कैलाली । कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन् । यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन् ।

आगलागीबाट घर नष्ट भएपछि एक वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन्। विस् २०७९ को वैशाख ११ गते भएको आगलागीबाट विपतपुरका २७ घर जलेर नष्ट भएका थिए ।

नजिकै खेतमा गहुँको नलमा लगाएको आगो दिउँसो बस्तीमा सल्केको थियो । सुदूरपश्चिम प्रदेश सरकार र हेबिटेट नेपालले साझेदारीमा घर निर्माण गरी मुक्तकमैया परिवारलाई हस्तान्तरण गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका भूमि स्रोत नक्शाङ्कन महाशाखाका नापी अधिकृत धर्मराज ओझाले जानकारी दिए ।

प्रदेश सरकारको रु ९० लाख, हेबिटेट नेपालको रु ५४ लाख र समुदायको रु ३८ लाख ७८ हजारको श्रमदान गरी रु एक करोड ८२ लाख ७८ हजारको लागतमा ती घर निर्माण गरिएको उहाँले बताउनुभयो । पक्की भवनमा सीएसइबी इन्टरलकिङ् ब्लक प्रयोग गरिएको छ ।

भवनसंहिता अनुसार घर निर्माण गरिएको हेबिटेट नेपालको पश्चिम फिल्ड कार्यालय प्रमुख पुनिता चौधरीले बताइन् । अधिकृत ओझाका अनुसार हालसम्म मन्त्रालय र हेबिटेटको साझेदारीमा अहिलेसम्म सुदूरपश्चिममा ८४ घर निर्माण भइसकेका छन् ।

कैलालीको भजनी नगरपालिकामा राजी समुदायका २५, विपदपुरमा मुक्तकमैयाका २७, कञ्चनपुरको बेदकोट नगरपालिकाकामा भूमिहीन, दलित, मुक्तकमैयाका २५ र डोटीमा मुक्तहलियाका सात घर निर्माण भएका छन् ।

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले प्रदेशमा रहेका भूमिहीन, सुकम्बासी, मुक्तकमैया, हरुवाचरुवाको जग्गा र बसोवासको व्यवस्थापन गर्न प्रदेश सरकार लागिपर्ने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?