+

सावित्राको गोलमा हापोएल रानानाको बराबरी

२०८० भदौ  २९ गते ९:०२ २०८० भदौ २९ गते ९:०२
सावित्राको गोलमा हापोएल रानानाको बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी स्टार सावित्रा भण्डारी (साम्बा)को गोलमा इजरायली शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानाले हापोएल पेटा टिक्भासँग १-१ को बराबरी खेलेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा हापोएल रानानाले अग्रता लिए पनि जोगाउन सकेन । तर हापोएल रानानाकी गोलकिपरले पेनाल्टी बचाउँदै संकट टारिन् ।

सावित्राले खेलको ६० औं मिनेटमा गोल गर्दै हापोएल रानानालाई अग्रता दिलाएकी थिइन् । उक्त अग्रता लामो समय टिकेन । लि फाल्कनले पेटा टिक्भाका लागि ६५ मिनेटमा बराबर गोल फर्काए ।

हापोएल रानानाकी गोलकिपरले ८१ मिनेटमा पेनाल्टी बचाइन् ।

पहिलो खेल जितेको हापोएलको यस बराबरीपछि दुई खेलबाट ४ अंक छ ।

सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय