+
+

दाङमा बाबुको हत्या आरोपमा छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १२:१५

२९ भदौ, दाङ । दाङमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै २८ वर्षीय छोरा सन्तोषलाई पक्राउ गरेको हो ।

भदौ २८ गते साँझ मादक पदार्थ सेवन गरी छोरा सन्तोषले बाबु प्रेमबहादुरलाई कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

कुटपिटबाट घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?