+
+

संविधान सभाध्यक्ष नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेर गण्डकीको संसद स्थगित

शनिबारको संसद बैठकमा प्रतिक्षित आम सञ्चार विधेयक पेश हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १४:४६

२९ भदौ, पोखरा । दिवंगत संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्दै गण्डकी प्रदेश सभाको बैठक स्थगित गरिएको छ । यसअघि गत २७ गते बोलाइएको सभाको बैठक नेम्वाङको निधनपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।

नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्दै भोेलि बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख कृष्ण धितालले जानकारी दिए । एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता नेम्वाङको निधनले सिंगो मुलुक नै स्तब्ध बनेको शोक प्रस्तावमा उल्लेख छ ।

लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेके आन्दोलनहरुमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका, संविधान निर्माण गर्न अहम् र नेतृत्वदायी भूमिका खेलेका मृदुभाषाी, सरल, सहज र समन्वयकारी व्यक्तित्वका धनी नेम्वाङको अप्रत्याशित निधनबाट मुलुकलाई अपुरणीय क्षति पुगेको पारित शोक प्रस्तावमा भनिएको छ ।

‘नेपालको वर्तमान संसदद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो,’ प्रस्तावमा उल्लेख छ । २०४८ र २०५२ सालममा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ सालको पुनस्थापित प्रतिनिधिसभा तथा व्यवस्थापिका संसद सदस्य भएका थिए भने २०६४ साल यताका ४ वटा निर्वाचनमा इलामबाट विजयी हुँदै निरन्तर संसदमा थिए ।

२०६४ र २०७० सालमा संविधान सभा अध्यक्ष र पुनस्र्थापित प्रतिनिधि सभा व्यवस्थापिका संसद अवधिभर व्यवस्थापिका संसदको सभामुखमा निर्वाचित भएका थिए । कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासनमन्त्रीसमेत भएका नेम्वाङ २०५६ सालमा प्रतिनिधि सभाको सार्वजनिक समिति सभापति थिए । अहिलेको संसद र राजनीतिमा समन्वयकारी भूमिका खेलेका नेम्वाङबाट संघदेखि प्रदेशसम्मका सबैले प्ररेणा लिर्नुपर्ने सांसदहरुले बताएका छन् ।

आजको संसद बैठक आम सञ्चार विधेयक र बिऊ बिजन सम्बन्धी विधेयक टेबल गर्ने कार्यसूची थियो । संसदमा पुगेर पनि टुंगोमा लाग्न नसकेको र लामो समयदेखि छलफलमै अड्किएको आमसञ्चार विधेयक शनिबार बिहान पेश हुने संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?