
काठमाडौं । नक्सालस्थित प्रहरी प्रधान कार्यालयको सभाहलमा उच्च पदस्थ र सकल दर्जाका प्रहरीले फिल्म ‘नालापानी’ हेरेका छन् । उनीहरुसँगै प्रहरी विद्यालय र सामुदायिक स्कुलका प्राध्यापकले पनि फिल्म हेरे ।
फिल्म हेरेपछि पूर्वएआईजी, डीआईजीलगायत प्रहरी अधिकृतले फिल्म हेरेर उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक रिमेश अधिकारीले बताए ।
‘फिल्मले राष्ट्रिय गौरव र वीरगाथा बोकेको बताउँदै उहाँहरुले देश निर्माणको लागि नालापानीको युद्धको भूमिका चित्रण गरेको बताउनुभयो,’ निर्देशक अधिकारीले भने ।
उक्त अवसरमा प्रहरी अधिकारीहरुले भविष्यमा यस्तै कथावस्तुका फिल्म बनाउनका लागि सुझाव दिएको निर्देशक अधिकारीले बताए । निर्देशक तथा निर्माता अधिकारी ऐतिहासिक राजनीतिक कथावस्तुको अर्को फिल्म ‘कोतपर्व’मा जुटेका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा यसका निर्माण नियन्त्रक हुन् ।
चैतदेखि छायांकन सुरु हुने फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, रमेश उप्रेती अनुबन्धित भइसकेका छन् ।
प्रतिक्रिया 4