
२९ भदौ, जनकपुरधाम । घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धम्काइ पैसा उठाउने गरेको आरोपमा धनुषामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेशकुमार यादव छन् ।
उनलाई प्रहरीले विदेह नगरपालिका ३ को भित्री सडक खण्डबाट बिहीबार पक्राउ गरेको हो ।
ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भइ पुगेर घुमुवा प्रहरी हो भनी धाक धम्की डर देखाइ नगद ४ हजार रुपैयाँ लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
लुटपाटमा संलगन ज १० प ३७०५ नम्बरको चालक यादवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको र फरारको खोजी गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4