+

वान च्याम्पियनसिपमा नेपालका रविन्द्रद्वारा रसियन फाइटर नकआउट

२०८० भदौ  २९ गते २०:१२ २०८० भदौ २९ गते २०:१२
वान च्याम्पियनसिपमा नेपालका रविन्द्रद्वारा रसियन फाइटर नकआउट

२९ भदौ, काठमाडौं । नेपालका रविन्द्र धान्तले विश्च चर्चित मिक्स मर्सल आर्ट (एमएमए) वान च्याम्पियनसिपको पहिलो फाइटमै रसियन फाइटरलाई नकआउट गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् ।

वान च्याम्पियको वान फ्राइडे फाइट्स अन्तर्गत शुक्रबार फ्लाइवेटमा रविन्द्रले रुसका तोरेप्ची डोनगाकलाई टेक्निकल नकआउट गरेका हुन् ।

थाइल्याण्डको बैंककमा भएको फाइटमा रविन्द्रले तेस्रो राउण्डमा दुई मिनेट नबित्दै डोनगाकलाई नकआउट गरेका हुन् । फाइटमा कमेन्ट्री गरिरहेका कमेन्टेटरले रविन्द्रले तीनवटै राउण्डमा उत्कृष्ट प्रदर्शन गरेको बताएका थिए ।

वान च्याम्पियनसिपको वान फ्राइडे फाइट्समा पहिलो सहभागिता जित हात पार्दै नेपालका रविन्द्रले इतिहास रचेका छन् ।

प्रोफेसनल एमएमएमा रविन्द्रले यस जितपछि आफ्नो अपराजित यात्रालाई छैटौं खेलसम्म पुर्‍याएका छन् ।

गत जुनमा काठमाडौंमा भएको नेपाल वारियर्स च्याम्पियनससिप (एनडब्लुसी) मा भारतीय खेलाडी जासोन लाइन्डोलाई पराजित गरेका रविन्द्रलाई वान च्याम्पियनसिपले एक फाइटका लागि अवसर दिएको थियो ।

वान च्याम्पियनसिपसँग जितपछि रविन्द्रले पुरस्कार रकम समेत पाउनेछन् ।

बझाङका रविन्द्र कुनै समय आर्थिक अवस्था कमजोर हुँदा काम गर्न भारत पुगेका थिए । तर त्यहाँ उनले कराते र मिक्स मार्सल आर्ट सिके ।

नेपाल फर्कँदा उनको भेट लक एण्ड रोलका डिविज पियासँग भयो । डिविजसँगको भेट नै रविन्द्रका लागि टर्निङ प्वाइन्ट बन्यो । अहिले रविन्द्रको प्रशिक्षण देखि व्यवस्थापनको सबै काम दिविजले नै गरिरहेका छन् ।

एमएमए फाइट रवीन्द्र ढाट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय