+
+

सामान्य प्रशासन मन्त्रालयले राख्न थाल्यो आगन्तुकको रेकर्ड

विचौलिया रोक्न मन्त्रालय प्रवेशमा कडाइ   

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते २१:१४

२९ भदौ, काठमाडौं । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगन्तुकहरुको अभिलेख राख्न सुरु गरेको छ । मन्त्रालयभित्र प्रवेश गर्नुअघि आगमनको प्रयोजन खुलाएर नाम दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो ।

मन्त्रालयका एक अधिकारीकाअनुसार सेवाग्राहीभन्दा बढी विचौलिया र अनेकन स्वार्थ बोकेका व्यक्ति मन्त्रालयमा आउने र अनावश्यक भेटघाटका लागि समय माग्दै दबाब दिने क्रम रोक्न यस्तो व्यवस्था गरिएको हो ।

‘मन्त्रालयमा नियमित रुपमा भइरहेका सरुवा रोक्नदेखि आफू अनुकुलका व्यक्तिहरुलाई सरुवा गरेर लैजान भन्दै मन्त्रालयमा आउनेहरु धेरै भए,’ उनले भने,‘विचौलियाहरु पनि आउँदा भिडभाड बढेर सेवा प्रवाहमा समस्या भएपछि आगन्तुक पुस्तिका राखेर नाम दर्ताको प्रबन्ध गरेका हौं ।’

कुन महाशाखा, शाखा वा कर्मचारीसँग कर्मचारीसँग के प्रयोजनका लागि भेट्न खोजेको हो भन्ने खुलाएर नाम दर्ता हुनेछ । मन्त्रालयको मूल ढोकामा परिचयपत्र हेरेर मात्रै प्रवेश दिने र परिचयपत्र नभएकालाई नाम नै दर्ता गराएर मात्रै प्रवेश दिन थालिएको हो ।

मन्त्रालयका सहसचिव सुमन दाहाल कार्यालयभित्र भीडभाड व्यवस्थापन गर्न र सेवाग्राहीलाई सहज रुपमा सेवा दिने वातावरण बनाउन आगन्तुकको अभिलेख राख्न थालिएको बताउँछन् । मन्त्रालयमा सेवाका लागि आएका सबैले प्रवेश पाउने र सबैको व्यवस्थित अभिलेख राखेर सेवा सुधारको वातावरण बनाउन यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।

‘मन्त्रालयभित्र सुशासनको अवस्था मजबुत बनाउन र स्वार्थ लिएर प्रवेश गर्नेहरुलाई निरुत्साहित गर्न सघाउ पुग्ने विश्वास लिएका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?