+
+

‘डिग्री माइला’को छायांकन शुक्रबार ओखलढुंगाबाट सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते २१:२९
फिल्मको शुभसाइतको क्रममा शनिबार अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा ।

काठमाडौं । रामबाबु गुरुङको आगामी फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन आगामी शुक्रबारदेखि सुरु हुँदैछ । निर्माताले शनिबार कास्ट एण्ड क्रिउलाई लिएर राजधानीको भाटभटेनी मन्दिरमा फिल्मको शुभसाइत गरे ।

मुहूर्त समारोहमा निर्देशक गुरुङसहित कलाकारहरु दयाहाङ राई, विजय बराल, माओत्से गुरुङ, आँचल शर्मा लगायत उपस्थित थिए । उक्त अवसरमा स्क्रिप्ट र क्यामेराको पूजा गरियो ।

फिल्मको छायांकन ओखलढुंगाको रुम्जाटारदेखि सुरु हुने जानकारी निर्देशक गुरुङले दिए । शुभसाइतसँगै निर्माताले फिल्मको आधिकारिक कथाको सारांश पनि सार्वजनिक गरेका छन् ।

राजनीति र समाजको उतारचढावको निराशाबीच डिग्री माइलाको जीवन यात्रालाई फिल्ममा चित्रण गरिएको छ । बाँसुरी प्रोडक्सनले निर्माण गर्ने यो फिल्मको प्रदर्शन आगामी बैशाख १ तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?