+
+

पुनरागमन जितसहित शीर्ष स्थानमा फर्कियो सिटी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते ७:५१

३१ भदौ, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार राति वेष्टहममाथि ३-१ को पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको स्थितिमा नतिजा उल्टाउन सफल सिटी केही घण्टापछि नै अंकतालिकामा शीर्ष स्थानमा फर्केको छ ।

घरेलु मैदानमा जेम्स वार्ड प्रोवसले ३६औं मिनेटमा गोल गरी वेष्टहमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा प्राप्त उक्त सफलताले वेष्टहमले जोगाउन सकेन भने सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्‍यो ।

४६औं मिनेटमा जेरेमी डोकुले सिटीका लागि बराबरी गोल फर्काए । ७६औं मिनेटमा बर्नार्डो शिल्भाले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । यी दुई गोलका लागि सिटीका जुलियन अल्भारेजले असिस्ट गरेका थिए । त्यसपछि एर्लिंङ हालान्डले बर्नाडो सिल्भाको पासमा ८६औं मिनेटमा गोल गर्दै सिटीको जित पक्का गरे ।

यस सिजत शतप्रतिशत जित निकाल्ने एक्लो टोली सिटी पाँच खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट १० अंकसहित वेष्टहम छैटौं स्थानमा छ ।

प्रिमियर लिगकै अन्य खेलमा टोटनहमले इन्जुरी टाइममा दुई गोल गर्दै शेफिल्ड युनाइटेड विरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।

सिटीको छिमेकी म्यानचेष्टर युनाइटेड भने घरेलु मैदानमै ब्राइटनसँग ३-१ ले पराजित भयो । न्युकासल युनाइटेडले ब्रेन्टफोर्डलाई १-० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?