
३१ भदौ, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख १२ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
गत शुक्रबार एक लाख ११ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार २५० रुपैयाँमा तेजावी सुन र १ हजार ३९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4