३१ भदौ, काठमाडौं । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ ।
आधुनिक तथा रमणीय वातावरणसहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्य लिएको केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात पुनः सञ्चालनमा ल्याएको हो ।
दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९, को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसागै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो ।
आइतबार दरबारमार्ग स्टोरको नयाँ लुक्स र रिब्राण्डिङ उद्घाटन गर्दै केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो वन) को उत्पादन पनि सुरु गर्ने घोषणा गरेको छ ।
आउँदै गरेको ठूलो पर्वहरुर्लाइ मध्यनजर गर्दै नयाँ प्रडक्ट लञ्च गरिएको केएफसी नेपालका कन्ट्री हेड विजय शर्माले बताए । नेपालको मौलिक कला र संस्कृतिलाई विश्व विख्यात केएफसीसँग जोड्न रिब्राण्डिङ गरिएको पनि उनले बताए ।
स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध गरेको बताएको छ । नयाँ स्टोरमा स्वचालित रुपमा खानेकुरा अर्डर गर्न सकिने सेल्फ–अर्डरिङ कियोस्क मेसिन जडान गरिएको छ ।
चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयाँमै डबल डाउन बर्गरको अफर ल्याएको चिफ फाइन्यान्सियल अफिसर ऋतुराज साहले बताए ।
प्रतिक्रिया 4