
३१ भदौ, काठमाडौं । सवारीसाधनहरुको बृहत प्रर्दशनी नाडा अटो शो २०२३ सम्पन्न भएको छ । कोभिड-१९ महामारी र रुस-युक्रेन युद्धका कारण प्रभावित १५ औं संस्करणको मेला भव्यताका साथ सम्पन्न भएको आयोजक संस्था नाडा अटो मोबाइल एसोसिएसनले दाबी गरेको छ ।
एसोसिएसनका अध्यक्ष ध्रुव थापाकाअनुसार मेलामा २० अर्ब बढीको कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ । तथपि यसको विवरण आउने केही दिन लाग्ने उनले बताए । २६ भदौदेखि ६ दिन चलेको मेलामा ७६ हजार एक सय जनाले अवलोकन गरेको नाडाले जनाएको छ ।
‘हामीले सोचेको भन्दा राम्रो र भव्य ढंगबाट नाडा अटो शो सकिएको छ । करिब २० अर्बको कारोबार भएको अनुमान गरिएको छ,’ अध्यक्ष थापाले भने,‘७६ हजार एक सय जनाले अवलोकन गरेको विवरण प्राप्त भएको छ ।’
यस वर्षको अटो शोमा गुणस्तरीय उपभोक्ताहरुले भ्रमण गरेको हुनाले गाडीहरुको बुकिङ उच्चस्तरीय भएको थापाको दाबी छ ।
गाडीहरुो बुकिङ कम्पनीहरुको नीजि मामिला भएका कारण सबै यकिन भन्न किने अवस्था नभएको पनि उनले बताए । शोमा ४५ ब्राण्डका सवारीसाधन प्रर्दशनीमा राखिएका थिए । प्रर्दशनीमा १२० वटा स्टलहरु थिए जसमा ४५ वटा सवार साधनका ब्राण्डहरु सहभागी थिए ।
प्रर्दशनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत थियो ।
अटो शोमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहीकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरुले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया 4