+
+

एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते ९:१२

१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. गंगालाल तुलाधरलाई पितृशोक परेको छ ।

उपमहासचिव तुलाधरका पिता रामबहादुरको पाटन अस्पतालमा उपचारका क्रममा ९७ वर्षको उमेरमा निधन भएको छ । उनी उच्च रक्तचापलगायत रोगबाट पीडित थिए ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शोक विज्ञप्ति जारी गर्दै रामबहादुरको निधनको खबरले अत्यन्तै मर्माहत तुल्याएको बताएका छन् ।

खनालले उनीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?