
१ असोज, काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज आज मनाइँदै छ । तीजको अवसरमा पशुपति मन्दिर परिसरमा व्रतालुहरु नाचगान गरिरहेका छन् ।
रंगीचंगी बस्त्रमा सजिएका व्रतालुहरु मोबाइलमा सेल्फी खिच्दै रमाइरहेका छन्, ताकि यो रमाइलो क्षण संग्रहित होस् र सधैं यादगार बनोस् ।
युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई सेल्फी मोहले छोएको छ । आज तीजको अवसरमा पशुपति मन्दिरमा पुगेकाहरुमा पनि त्यस्तै सेल्फी मोह देखियो ।
मोबाइल अथवा वेबक्याममार्फत आफैंले आफ्नो तस्बिर खिच्ने कार्यलाई ‘सेल्फी’ भनिन्छ । ‘सेल्फी’ शब्दलाई अक्सफोर्ड डिक्सनेरीले सन् २०१३ मा ‘वर्ड अफ द इयर’ घोषणा गरेको थियो ।
केही वर्षयता सेल्फी खिच्ने र सामाजिक सन्जालमा पोष्ट गर्ने क्रेज छ । सामाजिक सन्जालले सेल्फी क्रेजलाई अझै बढाइदिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4