
१ असोज, काठमाडौं । विद्युतीय कारमा विश्व बजारमा आक्रामक व्यापार बढाइरहेको ईभी ब्रान्ड सेरेसले नेपाली बजारमा पनि सुखद् सुरुवात गरेको छ ।
नाडा अटो शो २०२३ मा पहिलो पटक नेपाल भित्र्याइएको यो ब्राण्डको कारको बुकिङ निकै उत्साहजनक भएको नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले जनाएको छ ।
६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको अटो शोमा कम्पनीका ३ सय बढी कार बुकिङ भएको कम्पनीले जनाएको छ । जसमा प्रिमियम भर्सनको सिरिस ३ को बुकिङ सवा दुई सय भन्दा धेरै रहेको कम्पनीले जनाएको छ । यस्तै मिनी ईभीको बुकिङ संख्या एक सय भन्दा धेरै छ ।
नेपाली बजारमा पहिलो पटक भित्रिएको उक्त कारको २ वटा ब्राण्ड सेरेस थ्री र सेरेस मिनी ईभी नाडा अटो शोमा उपभोक्ताको उच्च आर्कषण देखिएको थियो ।
नेपाली बजारा मिनी ईभीको ३ वटा कारको मूल्य १३ लाखबाट सुरु भएर १८ लाखसम्मको छ भने अर्को सेरेस ३ को दुई वटा कारको मूल्य ४९ लाखबाट सुरु भएर ५२ लाखसम्म छ ।
अमेरिकामा प्रतिपदन गरिएको उक्त कारको डिजायन र निर्माण भने चीनमा भइरहेको छ । युरोपका २१ वटा मुलुकमा निकै रुचाइएको यि कम्पनीका कारहरु विश्वका ७० वटा मुलुकमा बिक्री वितरण भइरहेको छ ।
प्रतिक्रिया 4