
काठमाडौं । ईसेवा मनि ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ ।
पुल्चोकस्थित स्क्वायर होटलमा पत्रकार सम्मेलन गर्दै ईसेवा मनि ट्रान्सफरले यस अभियान अन्तर्गत यो वर्ष पनि काठमाडौंमा घर जित्न सक्ने योजना सार्वजनिक गरेको हो ।
यो अभियान १ असोजदेखि सुरु भएर ३१ असार २०८१ सम्म जारी रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीको भनाइ छ ।
यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउनका लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले बताएको छ।
यो अभियान अन्तर्गत विश्वभर रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाइ सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर जित्न सक्नेछन् ।
एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले यो योजना वैदेशिक रोजगारीमा रहेका नेपालीले गरेको समर्पण र बलिदानप्रति प्रशंसाको प्रतीक भएको बताए ।
उनले भने, ‘विदेशमा काम गर्ने प्रत्येक नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट हामीले कम्तीमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं ।’
ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइने उनले बताए
अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले ईसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको बताए ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यमबाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । ‘यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ’ उनले भने ।
अभियान बारे ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागि हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
यसका साथै ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4