
१ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानमा संघीय सांसदहरूलाई काठमाडौं उपत्यकामा काम गर्ने जिम्मेवारी तोकेको छ ।
गत २५ भदौमा बसेको माओवादी केन्द्रीय कार्यालयले संसद बैठक र समितिका बैठकलाई असर नपुग्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई काठमाडौं उपत्यकाभित्र जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
सांसदहरूलाई उपत्यकाको संयुक्त कमाण्डले कार्यक्षेत्र व्यवस्थापन गर्ने छ ।
हाल काठमाडौं उपत्यकामा उपमहासचिवहरू जनार्दन शर्मा र वर्षमान पुनले जिम्मेवारी पाएका छन् । शर्मा बागमती प्रदेशका इन्चार्ज हुन् भने पुन उपत्यका विशेष प्रदेशका इन्चार्ज हुन् ।
उपत्यकामा रहेका सांसदहरूलाई शर्मा र पुनको संयुक्त कमाण्डले तीन महिने विशेष रुपान्तरण अभियानमा परिचालन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4