
१ असोज, काठमाडौं । कोड फर चेन्जले विगतका वर्षहरूझै यसवर्ष पनि कोड फेस्टको आयोजना गरेको छ । आज सोमबार सुरु भएको कोड फेस्ट २५ सेप्टेम्बरसम्म चल्ने छ ।
प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग गर्ने उद्देश्यले कोड फेस्टको आयोजना गरिएको कोड फर चेन्ज परियोजना प्रमुख कृष्णप्रसाद पोख्रेलले जानकारी दिए ।
उनका अनुसार कोडफेस्ट २०२३ ले समाजमा सकारात्मक प्रभावहरू सुनिश्चित गर्न समाजका विभिन्न ठाउँमा रहेका समस्याको उजागर गर्दै समाधानको उपाए निकाल्न कोसिस गर्नेछ। साथै उक्त कार्यक्रम ७ वटा दिगो विकासका लक्ष्यहरू (एसडीजी) वरिपरी केन्द्रित हुने बताइएको छ ।
दिगो विकासका लक्ष्यहरु मध्ये ३, ४, ५, ९, ११, १३ र १६ नम्बर बुँदाहरुमा आधारित भएर उक्त सात थिममा यस वर्षको योजना रहेको आयोजकले जनाएको छ ।
उनका अनुसार गुड हेल्थ एण्ड वेल बीइङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटि, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसनमा आधारित रहेर कुनै किसिमका समाधान सुल्झाउने गरी गरिने प्रोजेक्टलाई छान्ने र बीचमा प्रतिष्पर्धा गराई उत्कृष्ट टीमहरुलाई विशेष पुरस्कारसहित विभिन्न ठाउँहरुमा अवसर प्रदान गरिने छ।
कोडफेस्ट २०२३ को विजेता टिमले नगद ५० हजारसहित थप पुरस्कार प्राप्त गर्नेछ। यस्तै फस्ट रनरअप विजेताले २५ हजार र सेकेण्ड रनरअप विजेता नगद १५ हजारसहित थप पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4