+

एसियाड तयारीका लागि ब्रेकिङ डान्सका दीपक बेल्जियम जाने

२०८० असोज  १ गते १९:१२ २०८० असोज १ गते १९:१२
एसियाड तयारीका लागि ब्रेकिङ डान्सका दीपक बेल्जियम जाने

१ असोज, काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन् । त्यहाँ दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दीपकलाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिबृद्धि गर्न सफलता मिलोस् भन्ने शुभकामना दिँदै बिदाइ गरे ।

नेपाललले पहिलो पटक एसियाडमा ब्रेकिङ डान्समा सहभागिता जनाउँदैछ ।

एसियाडमा ब्रेकिङ डान्स पनि समावेश भएपछि उत्साहित बनेका दीपकले पदक जित्ने लक्ष्यका साथ तयारी गरिरहेको बताएका छन् ।

दीपक लामा ब्रेकडान्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय