
१ असोज, धादिङ । सडक बिस्तारका लागि पृथ्वी राजमार्ग असोज ४ गतेदेखि २० गतेसम्म राति ४ घण्टा बन्द हुने भएको छ ।
धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोला नजिकसम्मको सडक बन्द गर्न लागिएको हो ।
यो सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा बन्द हुने र अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।
पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको क्रममा जोखिम रहेकाले रातको समयमा सडक बन्द गरेर काम गर्न सडक बन्द गर्न लागिएको हो ।
सडक बन्द भएको खेलमा काठमाडौंतर्फ जाने गाडी घाटबेशी पुलमा र मुग्लिनतर्फ जाने गाडी एक्ले फाँटमा रोकिने छन् ।
हेर्नुहोस् सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4