+
+

पोखराको मातृशिशु अस्पतालमा वडाबासीलाई नि:शुल्क एम्बुलेन्स सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १९:२१

१ असोज, पोखरा । पोखरा वडा नं. १६ मा रहेको मातृशिशु मितेरी अस्पतालमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।

सोमबार पोखरा महानगरपालिका वडा नं.१६, १९ र नवआदर्श सामुदायिक विकास समाजबीच मातृशिशु अस्पतालमा एम्बुलेन्स सञ्चालन गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार नवआदर्श सामुदायिक विकास समाजले एम्बुलेन्सले नियमित सेवाबाहेक वडा कार्यालयको ‘आमा पोषण कार्यक्रम’ अन्तर्गत पोखरा महानगरभित्रका सबै अस्पतालमा पुग्न पनि निशुल्क सेवा उपलब्ध गराउने छ ।

उपचारपछि घर फर्किंदा एम्बुलेन्स तथा उपचारका क्रममा मृत्यु भएमा सववाहन सेवासमेत समाजले उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । तर, निशुल्क सेवाका लागि पोखरा वडा नं. १६ र १९ मा स्थायी बसोबासी हुनुपर्ने समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए ।

सेवाबापत वडा कार्यालयहरूले समाजलाई भुक्तानी दिनेछ । उक्त सम्झौता एक वर्षसम्म कायम रहने पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवामा नगर बासीहरूको सहज पहुँच पुर्‍याउनका लागि यस प्रकारका समझदारीहरूले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाद्वारा सञ्चालित शिशुवा अस्पतालले पनि अत्याधुनिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । नागरिकको स्वास्थ्य सेवाका लागि पोखरा महानगरपालिका मातहतमा १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, १९ स्वास्थ्य चौकी, २ आयुर्वेद औषधालय, १ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?