
काठमाडौं । एनसेलले १८ औं वार्षिकोत्सवको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । एनसेलका अनुसार अब लगातार २८ दिनसम्म ग्राहकले दैनिक ‘स्योर प्राइज’ गिफ्ट पाउने छन् ।
ग्राहकले साप्ताहिक रुपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारका रुपमा स्कुटर पाउने समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा सहभागी हुने हरेक ग्राहकले उपहार पाउने छन् । यो सेवा आइतबारदेखि सुरु भएको छ ।
यस्तो उपहार प्राप्त गर्न ८१७११७३ डायल गरी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उपहारमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स डाटा, एनसेल अन नेट टाइम र एसएमएस रहेका छन् ।
स्योर प्राइज उपहार स्वरुप प्राप्त हुने सेवा–सुविधा २४ घण्टाका लागि मान्य हुने समेत कम्पनीले जनाएको छ ।
१ हजार जनाले भने १ सय रुपैयाँ बोनस प्राप्त गर्ने जनाइएको छ । योजनाको अन्त्यमा ७ जना ग्राहकले एक/एक वटा स्कुटर जित्ने भएका छन् ।
प्रतिक्रिया 4