+
+

एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको दुवै योजनाले १५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते ११:४५

२ असोज, काठमाडौं । एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबी म्युचुअल फण्ड अन्तरर्गतका दुवै सामूहिक लगानी योजनाले प्रतिफल घोषणा गरेका छन् ।

एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि हाइब्रिड फण्ड एल -१ ले इकाइधनीलाई आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत प्रतिफल घोषणा गरेको हो ।

यस्तै एनएमबि फिफ्टी योजनाले पनि १५ प्रतिशत नै लाभांश दिने भएको हो । एनएमबि क्यापिटलको १ असोजमा बसेको सञ्चालक समितिको बैठकले लाभांशमा लाग्ने करसहित उक्त लाभांश प्रस्ताव गरेको हो ।

क्यापटलले प्रस्तावित लाभांश वितरणको लागि १२ असोजमा दुवै योजनाको इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । जस अनुसार प्रस्तावित लाभांश ११ असोजसम्म कायम इकाइधनीले मात्रै प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?