+
+

अनमोल केसीको ‘रावायण’मा जोडिइन् पूर्वमिस नेपाल निकिता चाण्डक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १४:५४
फाइल तस्वीर

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ‘रावायण’मा पूर्वमिस नेपाल वर्ल्ड तथा अभिनेत्री निकिता चाण्डक पनि जोडिएकी छन् । निर्मात्री सुप्रिया कट्वालले फिल्मको विशेष भूमिकामा चाण्डक अनुबन्धित भएको जनाएकी छन् ।

गतसाता रामबाबु गुरुङको निर्माण र दीपक रौनियार निर्देशित ‘राजागञ्ज’को छायांकन सकाएकी निकिता अब सुदर्शनको यो फिल्ममा व्यस्त हुनेछिन् । यद्यपि, रावायणमा निकिताको कस्तो खालको विशेष भूमिका हुने हो, त्यो कुरा चाहिं कट्वालले खुलाएकी छैनन् ।

‘रावायण’को शीर्ष भूमिकामा यसअघि अनमोल केसी र नीति शाह अनुबन्धित भइसकेका छन् । सुदर्शन थापा प्रोडक्सनले बनाउन लागेको यो फिल्मको छायांकन असोज १२ देखि सुरु हुने प्रोडक्सन डिजाइनर प्रेम भोम्जन (पुष्कर लामा)ले जनाए ।

सर्लाही, जनकपुर, हेटौंडा र काठमाडौंमा फिल्म छायांकनको तयारी छ । भोम्जनका अनुसार फिल्मको छायांकन तालिका ४० दिनको छ । विराज भट्ट स्टारर ‘साङ्लो’बाट अभिनयमा डेब्यु गरेकी निकिताले गत चैतमा काठमाडौंमा छायांकन भएको भारतीय र फ्रान्सेली सहनिर्माताको फिल्म ‘द सेमलेस’बाट अभिनयमा कमब्याक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?