+
+

उद्योग वाणिज्य संघ काठमाडौंमा दिनेश श्रेष्ठ निर्विरोध, महासचिवमा दुर्गाराज

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १६:५४
दिनेश श्रेष्ठ र दुर्गाराज श्रेष्ठ

२ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्षसहित सबै पद निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यससँगै संघमा श्रेष्ठको कार्यकाल दोहोरिएको छ ।

संघको महासचिवमा दुर्गाराज श्रेष्ठ निर्विरोध निर्वाचित भए । सोमबार भएको मनोनयनमा उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन र जय सिवाकोटी निर्विरोध चयन भएका छन् । संघको सचिवमा शुष्मा महरा निर्विरोध भइन् भने कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे पनि निर्विरोध निर्वाचित भए ।

संघको कार्यसमिति सदस्यहरुमा सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, प्रेमहरि मैनाली, कुष्ण प्रधान, राजेन्द्र संग्रौला, दिपक भण्डारी, शिशिर गौतम, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?