+
+

रुपान्तरण अभियानमा माओवादीको सरसफाइ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १७:५६

२ असोज, काठमाडौं । आफैबाट रुपान्तरण जरुरी भन्दै विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले सोमबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ स्थित बाइसधारा क्षेत्रमा सरसफाइ अभियान थालेको छ ।

माओवादी स्थायी समिति सदस्य अमृताथापा मगरको नेतृत्वमा रहेको उक्त क्षेत्रमा बाइसधाराको पार्क र माथिल्लो पिकनिक स्पोर्ट एरियामा करिब ३ घण्टा सरसफाइ अभियान सम्पन्न भएको पार्टीका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए ।

इन्चार्ज मगर र केन्द्रीय सदस्य जैसीले बिहान ११ बजे सरसफाई अभियानको उद्घाटन गरेका थिए । अभियानबारे स्पष्ट पादै नेतृ थापामगरले जनतासँग रुपान्तरण हुनु भनेको जनताका समस्या र सरोकारका विषयमा जोडिएर मात्र सम्भव हुने बताइन् ।

‘जनताले माओवादी बिगे्र पनि फेरि सच्चिन्छौं भनेर आएपछि हामीले साथ दिनुपर्छ भनेका छन्, तर हामी जनभावना अनुसार रुपान्तरण हुनैपर्छ’, उनले भनिन्, ‘पटक–पटक जनताले विश्वास गदैनन् । यसपल्टको अभियानबाट हामी सच्चिन्छौं भन्नेमा व्यवहारबाटै विश्वस्त पार्नु हाम्रो कर्तव्य हो ।’

केन्द्रीय सदस्य जैसीले जनसरोकारका विषय उठाएर मात्र रुपान्तरण सम्भव भएकाले जनताका पिरमर्का र मुद्धाका लागि संघर्षशील हुनु नै वास्तविक रुपान्तरण हुने बताए ।

अभियानमा प्रदेश सचिवालय सदस्यहरू उद्यमी व्यवसायी महाशाखाका पदाधिकारी, बुद्धिजिवी संगठन, खेलकुद परिषद सदस्यलगायत पार्टी सदस्य, विद्यार्थी र स्थानीयको समेत सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?