२ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको तालिका सार्वजनिक भएको छ ।
अर्को महिना मलेसियामा हुने प्रतियोगिगतामा नेपालले पहिलो खेल इरानसँग खेल्ने छ । प्रतियोगिताका शीर्ष तीन टोलीले डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्ने मौका पाउने छन् ।
प्रतियोगितामा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपालले समुह ए मा रहँदै इरान, बहराइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिताको फाइनल खेल अक्टोबर २४ (कात्तिक ७) गते हुनेछ ।
यो प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले यू–१९ विश्वकप छनोट खेलेका खेलाडीलाई निरन्तरता दिएको छ । यस्तै टोलीमा यू–१६ इस्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई समेत थपेर प्रारम्भिक टिम सार्वजनिक गरिएको छ ।
नेपाली यू–१९ टिमको खेल तालिका :
अक्टोबर १२( असोज २५) : नेपाल भर्सेस इरान
अक्टोबर १५ (असोज २८) : नेपाल भर्सेस बहराइन
अक्टोबर १९( कात्र्तिक २) : नेपाल भर्सेस साउदी अरेबिया
प्रतिक्रिया 4