
काठमाडौं । आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीकाअनुसार आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । साथै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दशैं, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।
आईएमई गरी आईएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २ असोजदेखि भदौ २०८१ मसान्तसम्म लागू हुनेछ ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।
साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4