+

पीएसजीले डर्टमण्डलाई हरायो

२०८० असोज  ३ गते ७:१८ २०८० असोज ३ गते ७:१८
पीएसजीले डर्टमण्डलाई हरायो

३ असोज, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ ।

समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हरायो ।

पीएजीका लागि केलिएन एमबाप्पे र अच्रफ हाकीले दोस्रो हाफमा गोल गरे ।

एमबाप्पेले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

अर्को गोल हाकिमीले ५८औं मिनेटमा भिटिन्हाको पासमा गरे ।

ग्रुप अफ डेथ मानिएको समूह एफकै अर्को खेलमा इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब न्युकासल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दुई दशकपछि च्याम्पियन्स लिगमा पुनरागमन गरेको न्युकासलले बराबरीबाट यात्रा सुरु गरेको हो ।

च्याम्पियन्स लिग पीएसजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय