+
+

आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

मुद्रास्फीति लक्षित सीमाभित्र आउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १२:३२

३ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण एशियाली विकास बैंक (एडीबी) ले गरेको छ । गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा सुधार हुने प्रक्षेपण एडीबीले गरेको हो ।

सेवा क्षेत्र, रियल इस्टेट गतिविधि बढ्ने अपेक्षा एडीबीले गरेको छ। सरकारले भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्षयसहित बजेट ल्याएको थियो । गत आर्थिक वर्षमा ७.७ प्रतिशत रहेको मुद्रास्फीति चालु आर्थिक वर्षमा भने केही नियन्त्रण भई ६.२ प्रतिशत हुने एशियाली विकास बैंकले अनुमान गरेको छ । गत आर्थिक वर्षमा ७ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी मुद्रास्फीति पुगेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएकोमा नेपाल राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति तर्जुमा गरेको छ ।

एडीबीले बुधबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सरकारको चालु खाता भने गत वर्षको तुलनामा केही बढ्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत घाटामा रहेको चालु खाता चालु आवमा १.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा भने चालु खाता ३३ महिनापछि बचतमा गएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?