+
+

‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १२:४७

काठमाडौं । चार वर्षको लामो ब्रेकपछि ‘पठान’सँगै शाहरुख खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचिरहेको छ । पहिले ‘पठान’ र अब ‘जवान’, दुवै फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गरेका छन् । ‘पठान’ बक्स अफिसमा हिन्दी फिल्मको लागि सर्वकालिन ब्लकबस्टर बनेको छ भने हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्दै आएको छ ।

भारतीय बक्स अफिसमा अहिलेसम्म ४४२.७३ करोड भारु कमाएको ‘जवान’ले विश्वब्यापी जवान ७०० करोड भारुभन्दा बढीको व्यापार गरेको छ । शाहरुखसहित, नयनतारा र विजय सेतुपति अभिनित र एट्ली निर्देशित ‘जवान’ फिल्म बक्स अफिसमा ब्लकबस्टरको रुपमा उभिएको छ । ‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् ।

सन् २०२३ मा ‘पठान’ र ‘जवान’जस्ता एकपछि अर्को दुई ठूला ब्लकबस्टर फिल्म दिने शाहरुख बलिउडको बादशाह हुन् । एक वर्षमा शाहरुखले आफ्ना दुई फिल्मबाट १ हजार करोड भारुभन्दा बढी कलेक्सन गरेका छन् ।

‘पठान’ले जम्मा ५४३.०५ करोड भारु र ‘जवान’ले मात्र ३ दिनमा २०० करोड भारुको आँकडा पार गर्न सक्यो । ‘जवान’ले दोस्रो सातापछि ४७९.९९ करोड भारु कमाउन सफल भएको छ । योसँगै शाहरुख भारतीय बक्स अफिसमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् ।

सन् २०२३ मा दुई फिल्मबाट १०२३.०४० करोड भारु कमाउँदै शाहरुख बक्स अफिसका राजा बने । यदि हामीले शाहरुखलाई अन्य कलाकारसँग तुलना गर्ने हो भने, जहाँ अक्षय कुमारले २०१९ मा चारवटा रिलिजका साथ बक्स अफिसमा कूल ७५७.१३० करोड भारु कमाए ।

अब शाहरुखले अक्षयको कीर्तिमान तोडेर सबैभन्दा धेरै कमाउने अभिनेताको उपाधि आफ्नो हातमा लिएका छन् । कमाईको मामिलामा शाहरुखले रणवीर सिंह, सलमान खान र सनी देओललाई पछि पारेका छन् ।

चाखलाग्दो कुरा के छ भने ‘जवान’ले दुई सातापछि पनि दर्शकलाई हलसम्म ल्याउन सफल भैरहेको छ । फिल्मले बक्स अफिसमा प्रतिस्पर्धा नगरी राम्रो कमाई गर्न सफल भएको छ । तेस्रो साताको अन्त्यसम्ममा फिल्मले ५५० करोड भारुको आँकडा सजिलै पार गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?