
काठमाडौं । हरितालिका तीजको अवसरमा एनसेल आजियाटा लिमिटेडले देशका चार शहरहरुमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।
एनसेलले सोमबार सिन्धुली, महेन्द्रनगर, पोखरा र विर्तामोड शहरमा तीज कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सर्वसाधारण बाहेक विशेष गरी महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरुले सांगितिक कार्यक्रमको आनन्द लिनुका साथै स्थानीय कलाकारहरुको गीतसंगीत प्रस्तुतिमा नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए ।
एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो । स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथ अन्य सेवा, सुविधाहरु लिन सक्ने व्यवस्था मिलाएको थियो ।
एनसेलले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको ‘हामी तपाईंकै लागि’ भन्ने थिमका साथ तीज कार्यक्रम आयोजना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4