+
+

संघीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ : मुख्यमन्त्री चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १३:४१

३ असोज, दाङ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले जनचाहना अनुसार काम गर्न केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको बताएका छन् ।

बुधबार संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले संविधानले दिएका अधिकार पनि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिन नचाहेको बताएका हुन् ।

’संघीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ’, उनले भने, ’अधिकार बाँडफाँटमा संकुचित हुनुभएन । जे-जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’

मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन गर्न सबै निकायहरू बीचमा समन्वय र सहकार्य हुनुपर्ने भनाइ राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?