
काठमाडौं । ‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ ।
यो तथ्यांक सेप्टेम्बरसम्मको रहेको गीतका रचनाकार करुण थापाले जानकारी दिए । उनका अनुसार टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइएको छ । ‘युट्युब सर्ट्स र अरुमा गन्ती नै छैन,’ थापाले अनलाइनखबरसँग भने ।
तर उक्त एनालिटिक्स प्लेटफर्म दास हड्सनले ‘बादल वर्षा बिजुली’भन्दा कम संख्या प्राप्त गरेको ह्यारी स्टाइलको गीत ‘एज इट् वाज’लाई शीर्ष स्थानमा राखेको छ । जब कि ह्यारी स्टाइलको उक्त गीतको इन्स्टाग्राममा रिल बन्ने संख्या ३.४ मिलियन (३४ लाख) मात्र रहेको भनिएको छ ।
बढी संख्या प्राप्त गर्ने बादल वर्षा बिजुलीलाई शीर्ष स्थानमा राख्नको लागि रचनाकार थापाले उक्त एजेन्सीको ध्यानाकर्षण गराएका छन् । ‘कम संख्या पाउने शीर्षस्थानमा, सबैभन्दा धेरै पाउने तल । यो उचित देखिएन र ध्यानाकर्षण गराएको छु,’ थापाले भने ।
Thread – record "Badal Barsha Bijuli".
Dear @DashHudson
I googled and I got this:
As per Dash Hudson, the social media analytics platform, the top 10 highest number of reels made on Instagram on a song till now as of September 19, 2023, are:— Karun Thapa (@karunthapa) September 19, 2023
आनन्द कार्की र प्राश्ना शाक्यको स्वर रहेको गीतलाई सचिन सिंहले संगीत गरेका हुन् । फिल्म कर्तव्यमा समावेश यो गीतमा दिलीप रायमाझी र सज्जा मैनालीले नृत्य गरेका छन् । यो गीतलाई स्रष्टाले पुनः रेकर्ड गरेर गत जेठमा सार्वजनिक गरेपछि टिकटकमा भाइरल बनेको थियो । गीतमा विदेशीले समेत थुप्रै टिकटक भिडियो बनाएका छन् ।
प्रतिक्रिया 4