
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षकहरुले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने बताएका छन् ।
साथै उनले अविलम्ब विद्यालय सञ्चालन गराउन पनि सरकार र शिक्षकहरुलाई आग्रह गरेका छन् ।
‘…संवाद मार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सञ्चालन गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील’ महामन्त्री शर्माले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लखेका छन् ।
प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने÷गराउने कर्तव्य राज्यको भएको उल्लेख गर्दै उनले विद्यार्थीप्रतिको शिक्षकको दायित्व नभुल्न भनेका छन् ।
उनले लेखेका छन्, ‘…प्रत्येक विद्यार्थीको शैक्षिक भविस्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो ।’
संघीय शिक्षा ऐन मार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोजिनुपर्ने उनको भनाइ छ । उनी अगाडि भन्छन्, ‘हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’
प्रतिक्रिया 4