+
+

सहमतिबिना अनिल कपुरको तस्वीर र आवाज प्रयोग नगर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १२:४२

काठमाडौं । बलिउड अभिनेता अनिल कपुरले हालै आफ्नो व्यक्तित्व अधिकारको सुरक्षा माग्दै दिल्ली उच्च अदालतमा निवेदन दिएका थिए । निवेदनमा अभिनेताले अनुमतिबिना आफ्नो नाम, आवाज, छवि र उपनाम प्रयोग गर्न विभिन्न संस्थाहरूलाई प्रतिबन्ध लगाउन माग गरेका थिए ।

उनले सामाजिक सञ्जालमा आफ्नो नाममा प्रयोग भइरहेका कुराप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यसले आफ्नो छवि बिगार्ने र व्यक्तित्वलाई असर गर्ने उनको विश्वास छ । अब अदालतले पनि अनिल कपुरको पक्षमा फैसला सुनाएको छ ।

बुधबार दिल्ली उच्च अदालतले अभिनेताको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनको सहमतिबिना उनको नाम, छवि वा आवाज प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । अदालतले कुनै पनि व्यक्तिको नाम, आवाज, छवि वा संवाद गैरकानुनी रूपमा प्रयोग गर्न नपाइने बताएको छ ।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश प्रतिभा एम सिंहले भनिन्, ‘धेरै मानिस आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर अरुको व्यक्तिगत जीवनमा हस्तक्षेप गरिरहेका छन् । सेलिब्रेटीलाई पनि गोपनीयता कायम राख्ने अधिकार छ । धेरै मानिसको जीविकोपार्जन एक सेलिब्रेटीको इन्डोर्समेन्टमा निर्भर हुन्छ । यसलाई अवैध रूपमा प्रयोग गर्न अनुमति दिएर बिगार्न सकिंदैन ।’

कपुरको यो निवेदनमा जोन, डजजस्ता सामाजिक सञ्जालमा उनको नामको सुरुवाती अक्षर एके वा संक्षिप्त नाम लखन, मिस्टर इन्डिया, मजनु भाइ र झक्काजस्ता अभिनय गर्ने पात्रको नामको दुरुपयोग गरिएको छ ।

यति मात्र होइन, सार्वजनिक र व्यावसायिक प्रयोजनका लागि उनीहरुको नाम, तस्वीर वा अन्य व्यक्तिगत परिचय अवैध रूपमा प्रयोग भइरहेको छ । जुन उनीहरुको अनुमति वा जानकारी बिना नै भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?