
४ असोज, काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण खोला किनार (करिडोर) का सडकमा समेत अत्यिधक जाम बढेको छ ।
विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा प्रदर्शन गरेकाले यातायात अवरुद्ध भएको छ । त्यसैले यी सडक भएर चल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले अन्य सडक प्रयोग गर्न भनेको छ र नयाँ बानेश्वर चोक र माइतीघरबाट डाइभर्सन गरेको छ । त्यसैले बागमती करिडोर, धोबिखोला करिडोर, मनोहरा करिडोर आदि करिडोर सडकमा सवारी साधनको अत्यधिक चाप देखिएको छ ।
साँघुरो सडकमा एक्कासी धेरै सवारी साधन आउँदा र ट्राफिक व्यवस्थापनको उपयुक्त विकल्प नभएका कारण करिडोर सडकहरु अस्तव्यस्त देखिएका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4