
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) अभियान सञ्चालन गरेको छ ।
ग्राहकका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप यो अभियान सञ्चालन गरिएको एनसेलले जनाएको छ ।
कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ लगायत व्यवस्थपनका उच्चपदस्थ अधिकारीहरुले आइतबार एनसेल सेन्टरहरु र खुद्रा बिक्रेताका पसलहरुमा भ्रमण गरेका थिए ।
भ्रमणका दौरान ग्राहकहरूसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव संकलन गरेका थिए ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बजार केन्द्रित दृष्टिकोणले मात्रै नयाँ बजारका आवश्यकताहरु बुझ्न र द्रुत रूपमा त्यस्ता आवश्यकताहरु परिपूर्ति गर्न सकिने बताए ।
देशैभरका सबै एनसेल सेन्टर र ५०० भन्दा बढी खुद्रा बिक्रेताका पसल-पसलमा पुगेर ग्राहक, उपभोक्ता र बिक्रेताहरुसँग प्रतक्ष अन्तरक्रिया गरी मायाको चिनो समेत वितरण गरिएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4