+
+

कर्जा सुरक्षा कोषले अर्थतन्त्रको कुचक्र चिर्नुपर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १७:१३

४ असोज, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा फैलाइएको नकारात्मक कुचक्र निक्षेप तथा कर्जा सुरक्षा कोषले चिर्नुपर्ने बताएका छन् ।

कोषको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्ने बताए । अर्थतन्त्रमा समस्या भए पनि बिस्तारै कम हुँदै गएको उनको भनाई छ । सरकारले अफ्ठ्याराहरु हटाउँदै गएको समेत उनको भनाइ छ ।

पर्यटक आगमन बढिरहेको र विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको भन्दै उनले अर्थतन्त्रमा स्रोत आएपनि चलायमान नहुन नसकेको स्वीकार गरे ।

हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको भन्दै उनले भने, ‘खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं । बैंकहरुले लगानी नगरुन, पैसा थुपारुन्, राखुन् भन्ने नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’

आर्थिक गतिविधि बढ्दा रोजगारी बढ्ने र राजस्वमा परेको दबाब अन्त्य हुने उनको भनाइ छ । ‘राजस्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ,’ उनले भने ।

कोषले ४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?