
काठमाडौं । हास्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा ‘सालको पात’ गीत सार्वजनिक भएको छ । गीतमा श्रमदीप चौलागाईंको शब्द तथा संगीत र एरेन्ज गोपाल रसाइलीको एरेन्ज छ ।
वैदेशिक रोजगारीको पीडाको कथा समेटिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले निर्देशक गरेका छन् । भिडियोमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश एक युवक विदेशको जेलमा पर्दा परिवारले उनलाई नेपाल ल्याउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।
भिडियोमा शिल्पा पोखरेल, सुरवीर पण्डित, युवराज गौतम र बाल कलाकार एलेक्स खड्काले अभनय गरेका छन् । भिडियोमा निर्देशक हुमागाईंकै छायांकन र दिन्सन शाहको सम्पादन छ ।
स्ट्याण्डअप कमेडियनको रुपमा लोकप्रिय राजा राजेन्द्र गायनमा पनि रुचि राख्छन् । उनका हालसम्म चार गीत सार्वजनिक भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4