+
+

गोरखामा ७० वर्षकी वृद्धा हत्या आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते २०:१५

४ असोज, गोरखा । आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षकी सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ३१ बर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा रहेको प्रहरीले जनाएको छ ।

गत भदौ ३० गते बिहान करिव दश बजे सुनमायाको शव आफ्नै घरभित्रको कोठाको बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो । दुवै कानको च्यातिएको अवस्थामा भएकाले हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । प्रहरी निरीक्षक शेखर खड्का नेतृत्वको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार लुटपाटको उद्देश्यले वृद्धाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटना ढाकछोप गर्न मृतकलाई कोठाको बलोमा झुण्ड्याएको पाइएको उनको भनाइ छ । ‘लुटपाट गरेर लगेको सुनको रिङ बेचिसकेका रहेछन्, हामीले त्यो पनि बरामद गरेर ल्याएका छौ’, डीएसपी श्रेष्ठले भने ।

बुधबार पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?