+

म्याराथन धावकद्वयलाई लि–निङ्गको प्रायोजन

२०८० असोज  ५ गते ७:१३ २०८० असोज ५ गते ७:१३
म्याराथन धावकद्वयलाई लि–निङ्गको प्रायोजन

काठमाडौं । लि–निङ्ग नेपालले एसियन गेम्समा सहभागी म्याराथन धावकद्वय राजन खत्री र पुष्पा भण्डारीलाई प्रायोजन गरेको छ ।

लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बिहीबार कार्यक्रमको आयोजना गरेर लि–निङ्गले प्रायोजनको रुपमा रहेको किट्स खेलाडीलाई उपलब्ध गराएको छ ।

राखेपका निमित्त सदस्य सचिव प्रकाश कुमार कुसारी, लि–निङ्ग नेपालको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक प्रालीका प्रबन्ध निर्देशक राजन महर्जन, निर्देशक रमिन महर्जन र नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले खेलाडीलाई किट्स हस्तान्तरण गरेका थिए ।

सम्झौता अनुसार लि–निङ्गले खेलाडीलाई म्याराथनका लागि बनेको अन्तर्राष्ट्रिय गुणस्तरको जुत्ता र आवश्यक जर्सी उपलब्ध गराउनेछ । एसियाडमा म्याराथनमा दौडने खेलाडीद्वयले लि–निङ्गको किट्स प्रयोग गर्नेछन् ।

नेपालबाट एथलेटिक्समा ८ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउँदैछन् । जसमा म्याराथन विधामा पुरुषमा राजन र महिलामा पुष्पाले प्रतिस्पर्धा गर्दैछन् ।

राखेपका निमित्त सदस्य सचिव प्रकाश कुमार कुसारीले निजी क्षेत्रको सहयोगबाट मात्र खेलाडी र खेलकुदको विकासमा टेवा पुग्ने भन्दै प्रायोजनका लागि लि–निङ्ग नेपाललाई धन्यवाद दिएका थिए । उनले निजी क्षेत्रको लगानी खेलकुदमा गराउन परिषद्ले गृहकार्य गरिरहेको जानकारी गराएका थिए ।

लि–निङ्ग नेपालका प्रमुख राजन महर्जनले लामो दुरीको दौडमा नेपालको गौरवमय इतिहास रहेको बताउँदै नेपाली खेलाडीले एसियाडमा राम्रो चुनौती दिन सक्ने बताए । उनले आगामी दिनमा समेत एथलेटिक्स सहित खेलकुदका अन्य विधामा आफ्नो संस्थाको निरन्तर सहयोग रहने उल्लेख गरे ।

संघका सचिव आरके विष्टले खेलाडीलाई प्रायोजन गरी सहयोग गरेकोमा लि–निङ्गलाई धन्यवाद दिए । उनले आगामी दिनमा समेत एथलेटिक्समा निजी क्षेत्रको सहयोग निरन्तर रहनेमा आफू विश्वस्त रहेको बताए ।

लि–निङ्ग नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय