+
+

बाँकेको बाल सुधार गृहमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते ७:५०

५ असोज, काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ । सुधार गृहमा राखिएकाहरुले नै गएराति तोडफोड गरेका हुन् ।

उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको स्थानीयले बताएका छन् । स्थानीयवासीका अनुसार सुधार गृहभित्र रहेकाहरुले अहिले पनि नाराबाजी गरिरहेका छन् । त्यसको कारण भने खुलेको छैन ।

अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ ।

सुधार गृहमा हाल करिब ३ सय जना छन् । सो बाल सुधार गृहबाट २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । माघ अन्तिम साता सोही सुधार गृहमा आगजनीसमेत भएको थियो ।

यसअघि पर्साको वीरगञ्ज र भक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?