+
+

शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्छ : कानुन मन्त्री गुरूङ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते ९:४६
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ

५ असोज, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरुका मागमा आज निष्कर्षमा पुग्ने दाबी गरेका छन् । आजको वार्तामा शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुगिने उनको भनाइ छ ।

शिक्षकहरुसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सन्चार र कानुनमन्त्रीहरुबीच भएको आन्तरिक छलफलमा सहभागी मन्त्री गुरुङले भने, ‘शिक्षक साथीहरुका मागमा हामीले बुँदागत रुपमा हिजोदेखि नै छलफल गरेका छौं । अब अन्तिम टुंगो लगाउने छौं । आज टुंगिन्छ ।’

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता सुरू हुने छ।

यसअघि बिहीवार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू विद्यालय बन्द गरेर बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?