+
+

रामबाबु गुरुङले ओखलढुंगाबाट थाले ‘डिग्री माइला’को छायांकन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते ११:१२

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको आगामी फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन शुक्रबार ओखलढुंगाको रुम्जाटारमा सुरु भएको छ ।

छायांकन सेटबाट प्राप्त तस्वीरमा निर्देशक गुरुङसहित अभिनेता बुद्धि तामाङ, अभिनेत्री आँचल शर्मा लगायतलाई देख्न सकिन्छ । अनलाइनखबरसँग कुरा गर्दै निर्देशक गुरुङले फिल्मको छायांकन दुई चरणमा हुने बताए ।

पहिलो चरणको छायांकन १५ दिन चल्ने र दोस्रो चरणको मंसिरमा हुने उनले जानकारी दिए । ‘दुई सिजनमा खिच्नुपर्ने भएकाले सेड्युल पनि दुई चरणमा हुने भएको हो,’ गुरुङले भने ।

अभिनेता दयाहाङ राईले भने सोमबारदेखि सुटिङ सेट ज्वाइन गर्नेछन् । दयाहाङकै चर्चित नाटक ‘डिग्री माइला’मा यो फिल्म आधारित हुनेछ । मण्डला थिएटरले तीन पटक मञ्चन गरिसकेको उक्त नाटकलाई निकै रुचाइएको थियो ।

२०८१ वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन् । जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । यो कमेडी फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गर्नेछन् ।

आगामी वर्ष ‘कबड्डी ५’ निर्माण गर्नुअघि निर्देशक गुरुङ ‘डिग्री माइला’को काममा लागेका हुन् । उनले निर्माण गरेको पछिल्लो फिल्म ‘जारी’ ब्लकबस्टर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?