
काठमाडौं । गायक तथा संगीतकार तिलकसिंह पेलाले नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक गरेका छन् । सुदूरपश्चिमेली भाषा र संस्कृति प्रस्तुत गरिएको गीतमा पेलाको स्वर तथा संगीत र हेमन्त विवशको शब्द छ । गीतलाई रिदम कँडेलले एरेन्ज गरेका हुन् ।
मायाप्रेमको कथा प्रस्तुत गर्ने गीतको भिडियोलाई बाबुराजा केसी ‘उज्ज्वल’ले निर्देशन गरेका छन् । हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी नृत्य समावेश गरिएको भिडियोमा देवु सिंह वरा, योगिता दाहाल र जनक महरा फिचर्ड छन् ।
भिडियोलाई दीपक गिरीले छायांकन, देवु सिंह वराले कोरियोग्राफी र विष्णु शर्माले सम्पादन गरेका हुन् ।
गायक तथा संगीतकार पेलाको गत वर्ष सार्वजनिक भएको गजल ‘के लत बस्यो’ निकै लोकप्रिय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4