
५ साउन, काठमाडौं । सिटिजन्स बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले २६ असोजमा १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
बैंकले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
बैंकले साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ । यस्तै बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको बैंकको एकीकृत वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहको विवरण लगायतका वित्तीय विरणहरु पारित गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।
बैंकले साधारणसभा प्रयोजनाका लागि १५ असोज एक दिने सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यस अनुसार १४ असोजसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछन् ।
यस्तै बैंकले साधारणसभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसनमा गाभ्ने र गाभिने (मर्ज गर्न) वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारमा जान उपयुक्त देखिएको देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मूल्यांकनकर्ता नियुक्त गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्ने भएको छ ।
साथै गाभिने वा प्राप्ती गर्न प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र त्यसको सम्पूर्ण आवश्यक प्रक्रिया गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव बैंकले साधारणसभामा लैजाने भएको हो ।
यस्तै बैंकको साधारण्सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्नेछ ।
प्रतिक्रिया 4