+

जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त

२०८० असोज  ५ गते १६:४५ २०८० असोज ५ गते १६:४५
जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त

५ भदौ, काठमाडौं । बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । जर्मनीको फुटबल संघले ३६ वर्षीय उनलाई जुलाई २०२४ सम्मका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।

उनले जर्मनी जापानसँगको मैत्रीपूर्ण खेलमा ४-१ ले पराजित भएपछि बर्खास्द भएका हान्सी फ्लिकको स्थान लिएका हुन् । जर्मनीको फुटबल संघका खेलकुद निर्देशक रुडी भोलरले भने, ‘जब खोज सुरु भयो, प्रमुख प्रशिक्षकका रूपमा जुलियन नागेल्सम्यान हाम्रो रोजाइमा परे ।’

गत मार्चमा बायर्नबाट बर्खास्त भएपछि नागेल्सम्यान फुर्सदमा थिए । उनी २८ वर्षको उमेरमै सन् २०१५ मा बुन्डेस लिगा क्लब होफेन्हेमको प्रमुख प्रशिक्षक भएका थिए ।

जर्मनीले आउँदो जुनमा युरो कप भनिने युरोपियन च्याम्पियनसीप आयोजना गर्दै छ । घरेलु टोलीले युरो कप आयोजना गर्दासम्म उनी टोलीमा रहने छन् ।

‘हाम्रो आफ्नै देशमा युरोपेली च्याम्पियनसिप छ, त्यो विशेष कुरा हो, जुन हरेक केही दशकमा हुन्छ,” नागेल्सम्यानले भने, ‘मसँग यो चुनौती लिने ठूलो इच्छा थियो ।’

नागेल्सम्यानले जिम्मेवारी लिएपछिको जर्मनीको पहिलो प्रतिस्पर्धा अमेरिकासँगको मैत्रीपूर्ण खेल हुने छ । अमेरिकासँग १४ अक्टुबरमा खेल्ने जर्मनीले त्यसको ३ दिनपछि फिलाडेल्फियमा मेक्सिकोसँग खेल्ने छ ।

जुलियन नागेल्सम्यान बायर्न म्युनिख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय